Comments Add Comment

एसियाली बिकास बैंकको वैकल्पिक कार्यकारी निर्देशकमा नेपाल

काठमाडौं । अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाललाई एसियाली विकास बैंक (एडीबी) को वैकल्पिक कार्यकारी निर्देशकमा नियुक्तिका लागि मनोनीत गर्ने नेपाल सरकारले निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले नेपाललाई वैकल्पिक कार्यकारी निर्देशकमा मनोनयन गर्ने निर्णय गरेको हो ।

दुई बर्ष पदावधि हुने एडीबीको वैकल्पिक कार्यकारी निर्देशकले फिलिपिन्सको मनिलास्थित एडीबी मुख्यालयमा बसेर पूर्णकालीन भएर काम गर्ने व्यवस्था छ ।

यसअघि तत्कालीन मुख्यसचिव सोमलाल सुवेदीलाई सरकारले २०७३ सालमा वैकल्पिक कार्यकारी निर्देशकका रुपमा पठाएको थियो भने बीचमै फिर्ता बोलाएर २०७५ सालमा अर्थ मन्त्रालयका तत्कालीन सहसचिव रामशरण पुडासैनीलाई पदमा पठाइएको थियो ।
त्यसपछि नेपालले वैकल्पिक कार्यकारी निर्देशक पठाउने पालो यश बर्ष पाएको हो । सन् २०२८ मा पुन: यस्तो पालो नेपालले पाउने बताइन्छ ।

अर्थ मन्त्रालयको बजेट महाशाखा प्रमुख रहेका सहसचिव नेपाल लामो समय अन्तर्राष्ट्रिय सहायता समन्वय महाशाखा प्रमुख भएर काम गरेका अधिकारी हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ