काठमाण्डौं। नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजार ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसदिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९० हजार ८०० रुपैयाँ कायम छ । बिहीबार ९वैशाख २५० छापावाल सुन प्रतितोला एक लाख ९२ हजार २०० रुपैयाँमा किनबेच भएको थियो । चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ९६० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ ।
बिहीबार चाँदी प्रतितोला एक हजार ९५५ रुपैयाँमा कारोबार भएको थियो ।
