Comments Add Comment

अब टेस्ट खेलमा पनि रोहित शर्मा नहुने, लिए संन्यास

काठमाण्डौं। भारतीय क्रिकेट टिमका कप्तान रोहित शर्माले टेस्ट क्रिकेटबाट संन्यास लिएको घोषणा गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत आफ्नो १८ वर्षे टेस्ट करियरलाई बिट मार्ने निर्णय सार्वजनिक गरेका हुन्। शर्माले आफ्नो पोस्टमा भारतीय जर्सीमा टेस्ट क्रिकेट खेल्न पाउनु आफ्नो लागि गर्वको क्षण भएको उल्लेख गरेका छन्।

उनले यसलाई आफ्नो जीवनको एक अविस्मरणीय यात्राको रूपमा व्याख्या गरेका छन्। ३८ वर्षीय शर्माले भारतका लागि कुल ६७ टेस्ट खेल खेले। जसमा उनले ४०।५७ को औसतमा ४३०१ रन बनाए। उनको नाममा १२ शतक र १८ अर्धशतक पनि रहेका छन्। रोहितले सन् २०१३ मा वेस्ट इन्डिजविरुद्ध कोलकातामा टेस्ट क्रिकेटमा पदार्पण गरेका थिए।

यद्यपि, रोहित शर्माले एकदिवसीय क्रिकेटमा भने आफ्नो करियरलाई निरन्तरता दिने बताएका छन्। उनको कप्तानीमा भारतले टी २० विश्वकप, एसिया कप र च्याम्पियन्स ट्रफी जस्ता ठूला प्रतियोगिताहरू जितेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ