Comments Add Comment

पूर्वमन्त्री नेपालको निधनप्रति प्रचण्डद्वारा दुस्ख व्यक्त

काठमाण्डौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बामपन्थी नेता प्रदीप नेपालको निधनप्रति दुस्ख व्यक्त गरेका छन् ।

उनले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पूर्व मन्त्री समेत रहेका नेपालको निधनप्रति दुस्ख व्यक्त गरेका हुन्। नेपालको मंगलबार नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

नेपाल लामो समयदेखि पार्किन्सन लगायत रोगबाट पीडित थिए । बौद्धिक बामपन्थी राजनीतिज्ञ भनेर चिनिने उनी रोगले शिथिल बनाउँदै लगेपछि पछिल्लो समय राजनीतिबाट निष्क्रिय थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ