Comments Add Comment

नवौं राष्ट्रिय महाधिवेसनबाट जनसाँस्कृतिको महासंघको नेतृत्वमा महिला !

काठमाण्डौ। राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालको नवौँ महाधिवेसन काठमाण्डौमा सम्पन्न भएको छ । महाधिवेशनले कलाकार भूमिका सुब्बाको अध्यक्षतामा सर्वसम्मत रुपमा ९९ सदस्यीय केन्द्रीय समिती चयन गरेको छ ।

समितिको उपाध्यक्षमा अशोक राई, महिला उपाध्यक्षमा नमुना शर्मा महासचिवमा आर सी न्यौपाने, उपमहासचिवमा होमराज श्रेष्ठ, चार सचिव पदम रोकाया (प्रचार), सुवास मल्ल (विदेश), अशोक प्यासी राई (अर्थ ) र अमृत खाती (सङ्गठन) हेर्नेगरी चयन भएका छन् । त्यस्तैगरी खुला केन्द्रीय सदस्यमा दामोदर भण्डारी, सञ्जय वान्तवा राई, निरुता खत्री, एकराज थापा, रोशन थापा, सीमा कुमारी मास्के, यसोदा अधिकारी, विद्या घिमिरे, गङ्गाराम कँडेल, सीमा थापा, हुम गैरे, माया थापा, किरण थापा, प्रकाश गौतम, आशा गौतम, ओमभक्त सेढाईँ, छेवान तेन्जेन लामा, निशा लिम्बू, रानु थापा मगर, रुपक परियार, नन्दु उप्रेती, प्रकाश भट्टराई, ईन्दिरा योन्जन, रमेश कुँवर, मोतिराज खनाल, विकास चौधरी, वालिका पौड्याल, शिव शाह, मीनाकुमारी बराल, योगेश लामा, अच्यूत घिमिरे, रुपक खनाल, राजेन्द्र सापकोटा, हरिप्रसाद कोइराला चयन भएका छन् । त्यस्तै गरी कोशी प्रदेशबाट रगुन गुरुङ, केशव रिमाल, सिरेन वान्तवा राई, दुर्गा पराजुली, मोहन विश्वकर्मा, अरुणा सुवेदी, रमेश निरौला, चयन भएका छन् । मधेशबाट लक्ष्मण मण्डल रहेका छन् भने बाँकी केही पद आवश्यकता अनुसार पछि पुर्ति गरिने जनाइएको छ । त्यसै गरी बागमती प्रदेशबाट छोडुङ लामा, मिलन तिमिल्सेना, भिमा मैनाली, वशन्तकुमार खत्री, शुभमाया कपाली परियार, तारा के.सी, संजीव वाइवा चयन भएका छन् । त्यस्तै गरी गण्डकी प्रदेशबाट विष्णु बराल, पदमराज ढकाल, सरला पाण्डे, छविलाल सुवेदी, जीवन दाहाल, तारापति सुवेदी, चयन भएका छन् ।

लुम्बिनी प्रदेशबाट थानेश्वर अधिकारी, पुरुषोतम भण्डारी, राजेन्द्र जि.सी., लक्ष्मण खड्का, शर्मिला बूढा मगर, कर्णबहादुर गन्धर्व चयन भएका छन् । त्यस्तैगरी कर्णाली प्रदेशबाट चन्द्रप्रसाद ढकाल, टेकबहादुर गिरी, हेमप्रकाश भुषाल, तुलसीकुमारी विश्वकर्मा, बिर्खबहादुर मल्ल चयन भएका छन् भने सुदूरपश्चिमबाट दीपक भण्डारी, गगनबहादुर सिंह, कुमारी दिपा रोकाया, लक्ष्मी आचार्य चयन भएका छन् ।

त्यस्तै प्रदेशका अध्यक्ष पदेन केन्द्रीय सदस्य हुने विधानको व्यवस्था अनुसार कोशीबाट जेबी थुलुङ, मधेशबाट आभाष श्रेष्ठ, बागमतीबाट होम सुवेदी, गण्डकीबाट शङ्र बिरही गुरुङ, लुम्बिनीबाट तिलक लामिछाने, कर्णालीबाट बालकृष्ण सुनार र सुदूरपश्चिमबाट कृष्ण पाण्डे पदेन सदस्य रहेका छन् । त्यस्तै सातवटा विधागत सङगठनका अध्यक्ष पदेन केन्द्रीय सदस्य हुने विधानको व्यवस्था अनुसार जनसाहित्यिक सङ्घबाट नर्मदेश्वरी सत्याल, सामाजिक तथा सांस्कृतिक अध्ययन सङ्घबाट डा रमेश शुभेच्छु, भाषा तथा लोक साहित्यिक सङ्घबाट डा प्रतिभा पुन, ललितकला सङ्घबाट एन. बि गुरुङ, जनपक्षीय चलचित्र सङ्घबाट वसन्तराज रिजाल, जन नाट्यकर्मी सङ्घबाट किशोर अनुराग, जनसङ्गीत कलाकार सङ्घबाट आकाश थापा पदेन केन्द्रीय सदस्य रहेका छन् ।

सङ्गठनलाई व्यवस्थित गर्न विभिन्न आयोगको गठन गरिएको छ जस अनुसार प्राज्ञिक परिषदको अध्यक्षमा प्रा. केशव सुवेदी, लेखा परिक्षण आयोगमा नारायण परिश्रमी, अनुशासन आयोगमा माधव प्रधान, निर्वाचन आयोगमा शुषमा राजभण्डारी चएन भएका छन् । विधानले गरेको व्यवस्था बमोजिम निवर्तमान अध्यक्ष प्रेम नाथ अधिकारी सल्लाहकार संयोजक रहेका छन् । साँगठानिक कार्यलाई चुस्तदुरुस्त बनाउँन महासङ्ले एक सचिवालय गठन गर्ने र विभिन्न विभागहरु गठन गर्ने जनाएको छ ।

मोदनाथ प्रश्रितको अध्यक्षतामा २०४४ साल पुष १९ गते स्थापना भएको राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालले आफ्नो ३७औँ स्थापना दिवस समेत मनाइसकेको छ । मोदनाथ प्रश्रित (४४–५२) पहिलो र दोस्रो कार्यकाल अध्यक्ष भएका थिए । जेवी टुहुरे(२०५२–२०६२) तेस्रो र चौथो कार्यकाल अध्यक्ष रहेका थिए । विजय सुब्बा (२०६२–२०६९) पाँचौ र छैठौँ कार्यकाल अध्यक्ष भएका थिए । खगेन्द्र राई सातौँ .(२०६९–२०७८) अध्यक्ष रहेका थिए । आठौँ प्रेमनाथ अधिकारी (२०७८– २०८२)रहेका थिए ।

नवौँ महाधिवेसनबाट बल्ल महासंघले भूमिका सुब्बालाई अध्यक्षमा पाएको हो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ