काठमाण्डौ । राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) -२०२५ सम्पन्न भएको छ । पावर ईन्टरनेशनल मिडिया नेपालको आयोजनामा शनिबार काठमाण्डौमा सम्पन्न भएको हो । बन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीको प्रमुख आतिथ्यता, मोहन निरौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रम सम्पन्न भएको हो । पहिलो नेपाली कलर सिनेमाकी नायिका चैत्यदेवी सिंह, हाँस्य साम्राज्ञी तथा नेपालको पहिलो चलचित्र आमाकी अभिनेत्री बसुन्धरा भुषाल, विशिष्ठ गायिका देवीका बन्दना, प्रहरी अतिरिक्त महानिरीक्षक तथा गीतकार टेक तामाङ, दन्तचिकित्सक डा. सुभाष घिमिरे लगायत चलचित्र गीत संगीत, समाजसेवा तथा विभिन्न क्षेत्रमा सक्रिय व्यक्तित्वहरुको उपस्थिति थियो । कार्यक्रममा मन्त्री ठकुरीले अवार्ड तथा सम्मान कार्यक्रमले भाषा, संस्कृति, गीत संगीत, चलचित्रमा क्रियाशिल ब्यक्तित्व तथा प्रतिभालाई प्रोत्साहन मिल्नुका साथै गीत संगीतको विकासमा टेवा पुग्ने बताए । यस वर्षको संगीत रजत सम्मानबाट बरिष्ठ संगीतकार सुरेश अधिकारी सम्मानित हुनु भएको छ भने संगीत पत्रकारिता पुरस्कार रंग पत्रकार करिष्मा केसीलाइ प्रदान गरिएको छ। पिम नेपाल विशिष्ट चलचित्रकर्मी सम्मान कलाकार उत्तम केसी, पिम नेपाल टेलिभिजन संचारकर्मी सम्मान संचारकमी राज श्रेष्ठ, पिम नेपाल डायस्पोरा सम्मान संगीतकार केशव पौडेल, पिम नेपाल युवा प्रतिभा सम्मान(गीतकार/पर्वतारोही) पुरुषोत्तम सानु, युवा उद्यमी सम्मान सुरेश कार्की र लोक गायक/गायिका सुशिल ज्ञवाली र अनिता कुँवरलाई सम्मान गरिएको छ । “नेपाली हुनुमा गर्व गरौं कला र संस्कृतिको जगेर्ना गरौं” नारासहित ८ वर्ष देखि आयोजना हुँदै आएको निम अवार्डले नेपालमा बोलिने विभिन्न भाषाभाषीमा बनेका गीत र गीतका भिडियोलाई प्रोत्साहन स्वरुप अवार्ड तथा सम्मान प्रदान गर्दै आईरहेको छ । सम्पूर्ण भाषा भाषिका कलाकारलाई प्रतिष्पर्धा भन्दा पनि सामूहिक मञ्च प्रदान गरेर आत्मियता भाईचार र एकताको सदेश प्रवाह गर्ने उदेश्य लिएको आयोजक पिम नेपालका अध्यक्ष माधवराज खरेलले जानकारी दिए । नेपाली सहित ७ भाषा र भाका सहितका ४० विधामा ५३ जनालाई अवार्ड प्रदान गरिएको आयोजक संस्थाले जनाएको छ ।कार्यक्रममा चलचित्र विकास बोर्ड, साँफेबगर नगरपालिका, गोकर्णेश्वर नगरपालिका, ओम समाज डेन्टल हस्पिटल, टोखा नगरपालिका, केईसी ईन्जिनियरिङ कन्सल्टेन्सी धनगढी, राष्ट्रिय बाणिज्य बैंक, स्मार्ट सर्भिस ईन, आईआईफटी, सिटी सेन्टर फुर्डकोर्ड, एभेन्टोज लगायतले सहकार्य गरेका थिए । निम अवार्डको प्रत्यक्ष प्रशारण काष्टमण्डप टेलिभिजन, जि टिभी नेपाललगायत विभिन्न युटुव च्यानलबाट गरिएको थियो । उपन्यासकार एवम् संगीतकार सन्तोष श्रेष्ठको संयोजकत्वमा गठन भएको निर्णायक समितिमा सदस्यको रुपमा बरिष्ठ संगीतकार जुगल डंगोल, सञ्चारकर्मी तथा भिडियो निर्देशक विजयरत्न तुलाधर, सञ्चारकर्मी तुलसी गिरी “भावुक”, संगीत संयोजक साहस शाक्य, लोकगायक अमृत खाती, मोडल राज टाईगर, निर्देशक केशवराज भट्ट रहेका थिए भने जुरीको ब्यवस्थापन अडियोतर्फ पिम नेपालका उपाध्यक्ष शंकर थापा “स्माईल” र भिडियोतर्फ निम अवार्डका ब्यवस्थापन प्रमुख सनम कठायतले गरेका थिए । राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२५ मा सर्वोत्कृष्ट आधुनिक गायिकाको अवार्ड गायिका मिलन नेवारले आँखाको नुर बोलको गीतमार्फत प्राप्त गरि्न भने दोहोरी गायिका तर्फ गायिका सिमा थापाले सर्वोत्कृष्ट दोहोरी गायिकाको अवार्ड दमौलीमा गेट बोलको गीतमार्फत सिमा थापालाई प्रदान गरिएको थियो । उक्त समारोह सर्वोत्कृष्ट राष्ट्रिय भाव, रामप्रसाद अवस्थीः उठौं जनता उठौं, सर्वोत्कृष्ट गजल, गीता सापकोटा हुमागाईः किन, सर्वोत्कृष्ट आधुनिक गीतकार जि.एम दिपु दिपेन्द्र (महँगो भो तिम्रो माया) सर्वोत्कृष्ट लोकपप गीतकार लिला राज काम्वाङ (छुट्ने वेला), सर्वोत्कृष्ट लोक/आधुनिक संगीतकार राजनराज शिवाकोटी (माया गर्न जान्यो मायाले) सर्वोत्कृष्ट आधुनिक गायक सौगात जंग थापा (तिमी आदत बन्यौ), सर्वोत्कृष्ट लोकपप गायन शोभा पाण्डे (डल्ले खुर्सानी), सर्वोत्कृष्ट युगल गायन साईराज खाती/मुना ठटाल (छुट्ने बेला)ले अवार्ड प्राप्त गर्न सफल भए । यश वर्षको सर्वोत्कृष्ट दोहोरी शब्द निश्चल दवाडी (कस्मीरे पच्छ्यौरी), सर्वोत्कृष्ट दोहोरी लय शान्त शिशिर (बेसारे माया),सर्वोत्कृष्ट दोहोरी गायक हेमन्त कान्छा रसाईली (पशुपतिमा शिवजी), सर्वोत्कृष्ट नव गीतकार रोहन पौड्याल (तिमी रिसाउनु मै फकाँउला),सर्वोत्कृष्ट नवगायक सन्तोष कुमार तामाङ (कसले बनायो पैसा)ले अवार्ड प्राप्त गर्दा सर्वोत्कृष्ट नवगायिका निरुता राई (आउ आउ) सर्वोत्कृष्ट ध्वनी मिश्रण प्रकाश मिश्र (थाहै थिएन दिल) सर्वोत्कृष्ट एरेन्जर, रिदम कँडेल (अधुरो सपना–२) सर्वोत्कृष्ट भिडियो निर्देशक प्रकाश धिताल (गन्र्दव बाहुन),सर्वोत्कृष्ट कोरियोग्राफर पुनम श्रेष्ठ (आउ आउ) बोलको गीतबाट अवार्ड पाउन सफल भए । यसरी नै सर्वोत्कृष्ट छायाँकार उत्सव दाहाल (आमा ए आमा),सर्वोत्कृष्ट सम्पादक राजेश कुमार (सुनौली कोल), सर्वोत्कृष्ट आधुनिक मोडल पुरुष एलपी शर्मा (मनमा पर्यो चोट) तथा सर्वोत्कृष्ट आधुनिक मोडल महिला पवित्रा शाँखी (भुल्नै गाह्रो भो)बाट अवार्ड पाए । सर्वोत्कृष्ट दोहोरी मोडल पुरुष सुधिर श्रेष्ठ (सानै छु भेना), सर्वोत्कृष्ट दोहोरी मोडल महिला सुजिना गोले (दर्पण बनाई हेर्छु) सर्वोत्कृष्ट नवमोडल पुरुष कुन्दन गुप्ता (हामी छुट्ने दिन) तथा सर्वोत्कृष्ट नवमोडल महिला निरुता बिष्ट (मलाई त तिम्रो भर पर्नु छ)ले अवार्ड प्राप्त गरेका थिए । कार्यक्रममा भाषाभाषीतर्फ सर्वोत्कृष्ट नेपाल भाषा गीतकार, सुरजबीर बज्राचार्यः नक्कलीम्ह मयजु, सर्वोत्कृष्ट नेपाल भाषा संगीतकार सानुबाबु महर्जनः मस्यु जित छुजुछुजु, सर्वोत्कृष्ट नेपाल भाषा गायन, राजकुमार मानन्धरः दः पिनि द्यः ब्वय्कि, सर्वोत्कृष्ट नेपाल भाषा मोडलिङ, सुदित श्रेष्ठः कतांमरिया रुप छंगु, सर्वोत्कृष्ट नेपाल भाषा निर्देशन, दर्शनबीर शाक्यः नाप च्वने मदुसांबाट अवार्ड प्राप्त गरे भने सर्वोत्कृष्ट मैथली गीत, विरेन्द्र झाः मिथिला धाम, उत्कृष्ट तामाङ सेलो, सन्जोक योन्जनः मायामा नेल, सर्वोत्कृष्ट भाषाभाषी गीत, पुनित कुमार बंशलः जै जनम भौम (मारवाडी भाषा)ले अवार्ड प्राप्त गर्न सफल भए । त्यस्तै भाका तर्फ सर्वोत्कृष्ट काँठे गीत सुजता के.सीः आलु तामाले र सर्वोत्कृष्ट डेउडा गीत महेश कुमार औजी ए ईजु गैग्यो परानबाट अवार्ड पाए । कार्यक्रममा सर्वोत्कृष्ट डायस्पोरा अवार्डवाट (मोडल) प्रतिक्षा लिम्बुः छुट्ने बेला, सर्वोत्कृष्ट प्रत्यक्ष दोहोरी गायन सुभद्रा श्रेष्ठलाई प्रदान गरियो भने कार्यक्रममा मेनुका थापाले उठ उठ्नै पर्छ बाट सर्वोत्कृष्ट राष्ट्रिय भाव (जुरी) अवार्ड प्राप्त गरिन् । सर्वोत्कृष्ट लोकपप गीतकार (जुरी), डि.पी खनालः बुझे हुन्छ कुरा (लोकपप), उत्कृष्ट डायस्पोरा (गायिका) निता आचार्यः चुपचाप, सर्वोत्कृष्ट लोक/आधुनिक संगीतकार (ईन्करेजमेन्ट), द्रोण पराजुलीः सुचना र प्रविधि यो, सर्वोत्कृष्ट लोकपप गायन (जुरी), अर्जुन खरेलः दुई चुल्ठी, सर्वोत्कृष्ट दोहोरी शब्द (पब्लिक च्वाइस अवार्ड), किस्ना आचार्य (रोशनी)ः निरि मायाको, सर्वोत्कृष्ट दोहोरी मोडल महिला (जुरी), अस्मिता पुरीः फुल माया बोलको गीतबाट अवार्ड प्राप्त गरेका थिए । कार्यक्रममा सर्वोत्कृष्ट आधुनिक मोडल महिला (जुरी) मोडल जुना कार्कीले झरी बोलको गीबाट प्राप्त गर्दा कैलाश कठायतले बोली झर्कै छ बोलको गीतबाट सर्वोत्कृष्ट नवमोडल पुरुष (पब्लिक च्वाईस) अवार्ड प्राप्त गरे । त्यसैगरी सर्वोत्कृष्ट ,मैथली गीत (जुरी), डा.पूनम सिन्हाः मेघ मलहार, सर्वोत्कृष्ट तामाङ सेलो (पब्लिक च्वाईस), टिका बमजन, तामाले बोली फेर्दैन, सर्वोत्कृष्ट गायक ईन्करेज्मेन्ट अवार्ड विशाल सोनीलाई कामीदाईको घनठोकाई र सर्वोत्कृष्ट नवगायक जुरी अवार्ड, सुरज गुप्ता, पिलेन उडाउनेलाई प्रदान गरियो ।
