Comments Add Comment

तेह्र वर्षमा पनि बनेन कमला पुल, अब ठेक्का सम्झौता भंग !

सिरहा । १३ बर्ष अघि थालिएको सिरहा र धनुषा जोड्ने कमला पुल मिर्माण थप्प छ । ठेकेदार कम्पनीले पुल निर्माणको काम रोकेपछि पुल निर्माण थप अन्यौलमा परेको छ । पटक पटक सचेत गराउँदा पनि निर्माणको काम अघि नबढेपछि ठेक्का सम्झौता तोड्ने तयारी थालिएको आयोजनाले छ । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरका अनुसार निर्माण कम्पनी ‘लुम्बिनी बिल्डर्स’लाई आगामी असार मसान्तसम्म भासिएको पुलको पुनःनिर्माण सम्मन्न गरिसक्ने गरी अन्तिम पटकलाई ठेक्का सम्झौता भएको थियो । निर्माण कम्पनीले महिना अघिदेखि काम ठप्प गरेपछि ठेक्का सम्झौता रद्द गरी कारबाही प्रक्रिया अघि बढाइएको निर्देशनालयका योजना प्रमुख कृष्णकुमार महतोले बताएका छन् । “सम्झौताअनुसार असार मसान्तसम्म काम सम्पन्न हुनुपर्ने हो । तर, एक महिनाअघिदेखि निर्माण कम्पनीले काम ठप्प पारेको छ । म्याद थपको लागि निवेदन पनि दिएको छैन', उनले भने, “सम्झौताअनुसार काम नभएपछि कारबाहीको लागि केन्द्रमा सिफारिस गरेका छौँ ।” यसअघि निर्माण कम्पनी र बिमा कम्पनीबीचको विवाद उच्च अदालत पाटनसम्म पुगेको थियो । निर्माण सम्पन्न गरि सक्दा नसक्दै कमला पुल भास्सिएर पुन: निर्माण गर्नुपर्ने अवस्था खडा भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ