Comments Add Comment

नागढुंगा–नौबिसे सडकखण्ड सोमबारदेखि राती-राती यातायात बन्द

काठमाण्डौ । त्रिभुवन राजपथको नागढुंगा–पिप्लामोड सडक निर्माण तथा सुधार गर्नुपर्ने भएकाले नागढुंगा–नौबिसे खण्ड भोलिदेखि रातमा बन्द गरिने नागढुंगा–मुग्लिङ सडक योजना (पूर्वी खण्ड)ले जानकारी गराएको छ । सोहीअनुसारको व्यवस्था मिलाउने गरी आवश्यक तयारी थालिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपील राज बोहराले जानकारी दिए । नागढुंगा–मुग्लिङ सडक योजना (पूर्वी खण्ड)ले एक सूचना जारी गरी सम्बन्धित जिल्ला प्रशासन कार्यालयको समन्वयमा वैशाख २२ देखि वैशाख ३१ गते राति ११ बजेदेखि ३ बजेसम्म उक्त सडकमा सवारीसाधन आंशिक रूपमा रोकी निर्माण गर्नुपर्ने भएकाले सार्वजनिक सूचना प्रकाशित गरी जानकारी गराएको उनले उल्लेख गरे । काठमाडौंबाट जाने सवारीसाधन नागढुङ्गा चेकपोस्टमा रोकिने र नौबिसेबाट काठमाडौंतर्फ आउने सवारीसाधन खत्रपौवा पुलमा रोकिने जनाइएको छ । आयोजनाले सीतापाइला–भीमुढंगा–रामकोट–धार्के सडक तथा सामाखुशी–टोखा–गुर्जेभञ्ज्याङ छहरे–त्रिशूली–गल्छी सडक प्रयोग गर्न यात्री, यातायात व्यवसायी एवम् सवारीचालकलाई अनुरोध गरेको छ । उपरोक्त स्थानमा रोकिएका सवारीसाधन बिहान ३ बजेपछि मात्र छाडिने जनाइएको छ । सूचनामा भनिएको छ- ‘सवारीसाधन रोक्दा र सवारी चलाउँदा कडाइका साथ आफ्नो लेन अनुशासन कायम राख्नुहुन तथा सवारी लामबद्ध भएका अवस्थामा जथाभावी ओभरटेक नगर्नसमेत अनुरोध छ ।' एम्बुलेन्स, सुरक्षा निकायका सवारीसाधन एवम् इमर्जेन्सी सवारीसाधन निर्वाध रूपमा सञ्चालन हुने आयोजनाले जानकारी गराएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ