Comments Add Comment

रेहित सैंजूका सशक्त तीन मुक्तक

मुक्तक

कसैलाई सागर त कसैलाई कुवा हुन मनपर्छ
कसैलाई फाली र कसैलाई जुवा हुन मनपर्छ
यो रुचिको विषय हो, जसले जेसुकै भनेपनि
कसैलाई बादशाह, कसैलाई दुवा हुन मनपर्छ।

मुक्तक

बगरमा फुल्नेहरू सबै काँस हुन सक्दैन
अण्डा पार्दैमा कुखुरा हाँस हुन सक्दैन
के हुन्छ, आफ्नो भाउ चुरीफुरी देखाएर ?
जति बढेनि निँगालोले बाँस हुन सक्दैन।

मुक्तक

विसङ्गत वर्तमानले रेटिएको के कुरा गर्नु हो
कमजोर निर्बलमा समेटिएको के कुरा गर्नु हो
म जवाफ दिनेवाला छैन, हालखबर सोधेपनि
आफूबाट स्वयम् म लखेटिएको के कुरा गर्नु हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ