Comments Add Comment

आठ प्रतिशत ब्याजमै महालक्ष्मी विकास बैंकको नयाँ घर कर्जा

काठमाडौं । महालक्ष्मी विकास बैंकले नयाँ वर्ष २०८२ को उपलक्ष्यमा ग्राहकलाई लक्षित गर्दै ‘महालक्ष्मी घर कर्जा’ एकल अंकको आकर्षक ब्याजदर ७.९९ प्रतिशतमै प्रदान गर्ने घोषणा गरेको छ।

बैंकले यो अफर नयाँ घर खरिद, निर्माण, पुनर्निर्माण वा अपार्टमेन्ट खरिद गर्न चाहने ग्राहकलाई लक्षित गरी सार्वजनिक गरेको हो।

यो कर्जा वातावरणीय मापदण्ड पूरा गर्न सक्ने तथा नवीकरणीय वा दिगो स्रोतको प्रयोगमा आधारित परियोजनालाई प्राथमिकता दिइने बैंकले जनाएको छ।

यस कदमले वातावरण संरक्षण, दिगो विकास प्रवर्द्धन र नेपाल राष्ट्र बैंकको नियामकीय मापदण्डको पालना गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ। ग्राहकमैत्री डिजिटल सेवा प्रवाहमा अग्रणी मानिने महालक्ष्मी विकास बैंकले हालै भारतको प्रतिष्ठित म्यागजिन “बिजनेस कनेक्ट” बाट ‘ग्राहक केन्द्रित बैंक’ को अन्तर्राष्ट्रिय अवार्ड समेत प्राप्त गरेको थियो ।

त्यसैगरी, मोबाइल बैंकिङ प्रणालीलाई थप सहज बनाउन ‘महालक्ष्मी स्मार्ट साथी’ नामक एप्लिकेसन पनि सञ्चालनमा ल्याइएको छ। “सबल बैंक, सफल सहकार्य” नारासहित तीन दशकदेखि वित्तीय सेवा दिँदै आएको बैंकले हाल देशभर १०३ शाखामार्फत करिब ८ लाख ग्राहकलाई सेवा दिइरहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ