Comments Add Comment

फुटबल खेलाडी रेनुकालाई क्षेत्रप्रताप युवा सम्मान

काठमाण्डौ । नेपाली महिला फुटबल टोलीकी मिडफिल्डर रेनुका नगरकोटे सोमबार क्षेत्रप्रताप अधिकारी युवा प्रोत्साहन पुरस्कार–२०८१ बाट सम्मानित भएकी छन् । गुरुकुल एजुकेसनल फाउन्डेसन नेपालद्वारा आयोजित एनसीएम दिवस कार्यक्रममा रेनुकालाई उक्त सम्मान प्रदान गरिएको हो । 
रेनुकालाई ५० हजार नगद प्रदान  गरिएको थियो ।

कार्यक्रममा कवि,साहित्यकार क्षेत्रप्रताप अधिकारीका छोरा अमनप्रताप अधिकारीले रेनुकालाई ‘अनसिन हिरो’को रूपमा सम्मान गर्दै उनको खेलकुद मैदानको प्रदर्शन होस् वा जीवनको कठिन संघर्ष दुवै भावीपुस्ताका लागि ठूलो प्रेरणा बन्ने बताए ।

नेपाल कलेज अफ म्यानेजमेन्टका प्रिन्सिपल प्रा.डा. सुशीलभक्त माथेमाले रेनुकाको खेलजीवन अझ उर्जावान बनोस् भन्ने कामना गरेका थिए ।
रेनुकाले नेपाली टोलीबाट थुप्रै प्रतियोगितामा उल्लेखनीय योगदान दिएकी छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ