Comments Add Comment

लेखक तथा वैज्ञानिक महावीर पुनलाई देवकुमारी थापा सम्मान

 काठमाण्डौ ।। लेखक तथा वैज्ञानिक डांं महावीर पुनलाई ‘देवकुमारी थापा स्मृति सम्मान’ प्रदान गरिने भएको छ । साथै, विराटनगरमा लामो समयदेखि सामाजिक सेवामा समर्पित संस्था ‘नरसेवा–नारायण सेवा’लाई ‘बबरसिंह थापा स्मृति सम्मान’द्वारा सम्मानित गरिने भएको छ।
‘देवकुमारी–बबरसिंह थापा सेवा गुठीले २०८१ सालको प्रतिष्ठित सम्मानका लागि दुई विशिष्ट नामहरू घोषणा गरेको हो ।


गुठीको यही चैत १९ गते बसेको बैठकले सो निर्णय गरेको संस्थाका महासचिव दिनेश श्रेष्ठले जानकारी दिए । सम्मान कार्यक्रम भने आगामी वैशाख ४ गते विराटनगरमा हुने समेत प्रतिष्ठानले जनाएको छ ।

पुनले नेपालमा विज्ञान, प्रविधि र सामाजिक अभियानका क्षेत्रमा पुर्‍याएको योगदानका लागि उनलाई यो सम्मान प्रदान गर्न लागिएको हो। त्यसैगरी, ‘नरसेवा–नारायण सेवा’ संस्थाले विराटनगर क्षेत्रमा दिएको निरन्तर सामाजिक सेवाको कदर गर्दै उक्त संस्थालाई सम्मान गर्न लागिएको श्रेष्ठले बताए । 

यसअघि, देवकुमारी–बबरसिंह थापा सेवा गुठीले साहित्यकार सत्यमोहन जोशी, मदनमणि दीक्षित, इन्द्रबहादुर राई, बैरागी काँइला, तुलसी दिवस, मन्जुल, कुन्ता शर्मा, र डा रामबहादुर थापालगायत विशिष्ट व्यक्तित्वलाई सम्मान गरिसकेको छ।

प्रतिष्ठानको यस सम्मानले नेपाली समाजमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्ति तथा संस्थाहरूको कार्यलाई सम्मान र प्रोत्साहन गर्ने परम्परालाई निरन्तरता दिने श्रेष्ठले बताए । पुनको भर्खर भर्खर प्रकाशित महावीर पुनः सम्झना, सपना र अविरल यात्रा पुस्तक चर्चित मात्र नभएर लोकप्रीय पनि छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ