Comments Add Comment

सविन महर्जनको शिक्षण अस्पतालमा पोस्टमार्टम, आज अन्त्येष्टी

काठमाडौँ । काठमाडौंको तीनकुनेमा भएको राजावादी प्रदर्शनमा ज्यान गुमाएका सविन महर्जनको पोस्टमार्टम सम्पन्न भएको छ । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा मंगलबार उनको पोस्टमार्टम भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । 

 

आज नै आफन्तद्वारा सविनको अन्तिम संस्कारको तयारी गरेको प्रहरीले बताएको छ । 

 

२९ बर्षीय कीर्तिपुर-४ का सविनको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको थियो । 

तीनकुने क्षेत्रको प्रदर्शनमा प्रहरीको गोली लागेसँगै महर्जनलाई उपचारका लागि टिचिङ हस्पिटल लगिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको हस्पिटलले जनाएको छ ।

तीनकुने घटनामा समाचार संकलनमा खटिएका फोटोपत्रकार सुरेश रजकको समेत ज्यान गएको थियो भने उनको अझैपनि पोस्टमार्टम हुनसकेको छैन । 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ