काठमाडौं । मंगलवार प्रतिनिधि सभाको बैठक बस्दै छ । संसद भवन नयाँ बानेश्वर काठमाडौंमा बिहान ११ बजेबाट बैठक सुरु हुने बताइएको छ । आजको बैठक चालु अधिवेशनको अन्तिम बैठक हुने स्रोतले जनाएको छ ।
सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले आजराति १२ बजेदेखि लागु हुनेगरी संसद्को चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो । सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य गर्ने संवैधानिक व्यवस्था छ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट राष्ट्रिय समावेशी आयोगको छैठौं वार्षिक प्रतिवेदन २०८०–२०८१, मुस्लिम आयोगको छैठौं वार्षिक प्रतिवेदन ९२०८० श्रावण २०८१ पेस गर्ने कार्यसूची रहेको छ । यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि कार्यसूची रहेको छ ।
