Comments Add Comment

झाँक्रीको अभिव्यक्तिपछि समाजवादीले भन्यो : माधव नेपालविरुद्ध जथाभाबी नबोल्नू


काठमाण्डौं। एकीकृत समाजवादीले पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि चलिरहेको मुद्दाबारे जथाभावी नबोल्न नेता–कार्यकर्ताहरुलाई निर्देशन दिएको छ ।

महासचिव घनश्याम भुसालले आइतबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष नेपालमाथिको मुद्दामा पार्टीको धारणा भन्दा फरक नबोल्न निर्देशन दिएका हुन् । 

अध्यक्ष नेपालविरुद्ध नेतृ रामकुमरी झाँक्रीले सामाजिक सञ्जालमा अभिव्यक्ति दिएपछि पार्टीले विज्ञप्ति जारी गर्दै जथाभावी नलेख्न र नबोल्न निर्देशन दिएको हो ।  

नेपाल विरुद्ध अख्तिायर दुरुपयोग अनुसन्धान आयागले विशेष अदालतमा पतञ्जली प्रकरणमा मुद्धा दायर गरेको थियो । अदालतले नेपाललाई ३५ लाख धरौटीमा रिहा समेत गरिसकेको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ