Comments Add Comment

पूर्वराष्ट्रपति विद्या भण्डारीले गरिन् एमाले फर्किएको घोषणा

काठमाण्डौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको राजनीतिमा सक्रिय भएर फर्किने घोषणा गरेकी छन् । 

मदन भण्डारीको ७४औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनले काठमाडौंमा आयोजना गरेको ‘जबजका तीन दशक’ कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले आफू एमालेको राजनीतिमा सक्रिय भएर फर्किने घोषणा गरेकी हुन् ।

उनले आफूले देश र जनताको सेवाका लागि आफूले गर्न बाँकी धेरै नै रहेको बताइन् । उनले आफूले एमालेको सदस्यता नवीकरण गरिसकेको बताइन् । 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ