‘नेपाली कांग्रेस जनताको पार्टी हो। नेपाली कांग्रेसलाई अहिले पनि जनताले विश्वास गर्छन्। तर, हामी सुध्रिनुपर्यो। जनतासँग गरेका वाचाहरूलाई पूरा गर्न अग्रसर हुनुपो। त्यो गरेनौँ भने अप्ठ्यारो परिस्थिति सिर्जना हुन्छ,’ नेता डाक्टर कोइरालाले भने। कांग्रेसको ध्यान सत्ता र सरकारकेन्द्रित भइरहेको उनको भनाइ थियो। कोइरालाले भने- 'हाम्रो ध्यान सत्ता, सरकारकेन्द्रित हुनुहुँदैन ।'
काठमाडौँ/ नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले पार्टीको १५औँ महाधिवेशन मंसिर मसान्तभित्रै हुनुपर्ने बताएका छन्। मंसिरभित्र पार्टी महाधिवेशन नभए नेपाली काँग्रेस कमजोर हुँदै जाने कोइरालाले दाबी गरे ।
नेपाली कांग्रेस मोरङ–काठमाडौं सम्पर्क समितिले काठमाडौंमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा कोइरालाले महाधिवेशन ०८२ मंसिर मसान्तभित्र नभए पार्टी कमजोर हुँदै जाने र अन्तत: सक्किने बताएका हुन् । महाधिवेशन समयमै गर्न सबैले आवाज उठाउनुपर्ने उनको भनाइ छ।
‘महाधिवेशन ०८२ मंसिरभित्र नभए कांग्रेस कमजोर हुँदै जान्छ। त्यतातिर ध्यान दिनुपर्छ, यो एकदम संवेदनशील कुरा हो,’ नेता कोइरालाले भने। उनले राजनीतिक दल र नेतृत्वप्रति जनताको वितृष्णा बढेको भन्दै जनताको निराशालाई हटाउन जरुरी भएको धारणा राखे।
वीपी कोइराला पुत्र नेता डाक्टर कोइरालाले कांग्रेस जनताको पार्टी भएकाले कांग्रेसप्रति नागरिकको विश्वास कायमै रहेको जिकिर गरे। जनतासँग गरेका वाचा पूरा गर्न अग्रसर हुनुपर्ने बताउँदै उनले नेतृत्व नसुध्रिए अप्ठ्यारो परिस्थिति सिर्जना हुने सम्म औँल्याए ।
‘नेपाली कांग्रेस जनताको पार्टी हो। नेपाली कांग्रेसलाई अहिले पनि जनताले विश्वास गर्छन्। तर, हामी सुध्रिनुपर्यो। जनतासँग गरेका वाचाहरूलाई पूरा गर्न अग्रसर हुनुपो। त्यो गरेनौँ भने अप्ठ्यारो परिस्थिति सिर्जना हुन्छ,’ नेता डाक्टर कोइरालाले भने। कांग्रेसको ध्यान सत्ता र सरकारकेन्द्रित भइरहेको उनको भनाइ थियो।
उनले भने- 'हाम्रो ध्यान सत्ता, सरकारकेन्द्रित हुनुहुँदैन ।'
शुक्रबार राजधानीमा सम्पन्न अन्तर्कृया कार्यक्रममा नेता कोइरालाले यस्तो बताएका हुन् ।
