Comments Add Comment

‘लालीबजार’ फागुन १ मा आउने, शीर्ष भूमिकामा स्वस्तिमा

काठमाडौं। षट्कोण आर्ट्सले निर्माण गर्न लागेको फिल्म ‘लालीबजार’लाई लिएर दुईवटा नयाँ खबर छन् ।  यो फिल्मको प्रदर्शन मिति फागुन १ गतेलाई तय छ। यो फिल्ममा अभिनेत्री स्वस्तिमा खड्का अनुबन्धित भएकी छन्। निर्माताले मंगलबार टिजर पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति र अभिनेत्री खड्काको संलग्नताबारे जानकारी दिएका हुन् ।

निर्माता म्याक्स दिपेश खत्रीले स्वस्तिमाले केही दिनअघि मात्र फिल्म साइन् गरेको बताए। ‘षट्कोण आर्ट्स’ व्यवसायिक हिट फिल्म ‘जात्रा’ श्रृंखलाको लागि परिचित छ। ‘लालीबजार’को टिजर पोस्टरमा स्वस्तिमालाई गर्भवती महिलाको भूमिकामा देख्न सकिन्छ । उनको श्रृंगार र हाउभाउले सेटिङ, मुड र चरित्र चित्रणबारे प्रकाश पार्छ।

यम थापाको लेखन तथा निर्देशन हुने यो फिल्मलाई खत्री र रवीन्द्रसिंह बानियाँले निर्माण गर्दैछन् । कार्यकारी निर्माता प्रदीप भट्टराई हुन् । अन्य कलाकारबारे जानकारी दिइने निर्माताले बताएका छन् । यो फिल्मको छायांकन आउँदो दशैं लगत्तै गर्ने तयारी छ । षट्कोण आट्र्सले यसअघि ‘टलकजङ्ग भर्सेस टुल्के’, ‘डाकिनी’, ‘सुपर मङ्क’ लगायतका फिल्ममा अन्य ब्यानरसँग सहकार्य गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ