Comments Add Comment

फेरि घट्न थाल्यो सुन

काठमाण्डौं। नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९५ हजार ५०० रुपैयाँ कायम भएको छ । यस्तै चाँदी २ हजार २०० रुपैयाँ कायम भएको छ । 

यसअघि बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९५ हजार ९०० रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य तोलामा २ हजार २२५ रुपैयाँ कायम भएको थियो । 

यस आधारमा बिहीबार छापावाल सुनको मूल्य तोलामा ४०० र चाँदीको मूल्य तोलामा २५ रुपैयाँ घटेको महासंघले जनाएको छ। 

महासंघका अनुसार केही दिन आन्दोलनका कारण बन्द भएका राजधानीका सुनचाँदी पसल बिहीबारदेखि निर्बाध सञ्चालनमा आएका छन्। 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ