Comments Add Comment

एकीकृत समाजवादीको बैठक तत्काल बोलाउन माग

काठमाडौं। नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य ई।नन्दलाल बन्जाडेले पोलिटब्युरो बैठक बोलाउन माग गरेका छन् । 

पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेपछि पार्टीले चाल्नुपर्ने कदमका विषयमा छलफल गर्न तत्काल पोलिटब्युरो बैठक बोलाउन उनले माग गरेका हुन् । 

‘यो गम्भीर परिस्थितिमा हाम्रो पार्टीले चाल्नुपर्ने कदम र लिनुपर्ने राजनीतिक निर्णयका लागि तत्काल हाम्रो पार्टीको पोलिटब्युरोको बैठक राख्न पहल गरौँ भन्ने आह्वान गर्दछु’, बन्जाडेले पार्टीका नेताहरूलाई एसएमएस गर्दै बैठकका लागि पहल गर्न माग गरेका हुन्।

आयोगले १२ वर्ष अगाडि आफैले तामेलीमा राखेको पतञ्जली जग्गा खरिद प्रकरणको मुद्धालाई उधिनेर पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष माधवकुमार नेपालविरुद्ध २२ जेठमा विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।

अध्यक्ष नेपालविरुद्ध अख्तियारले मुद्दा दर्ता गरेपछि पार्टीको कुनै पनि कमिटीको बैठक बस्न सकेको छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ