काठमाण्डौं। संयुक्त जनआन्दोलन समितिले तीनकुने घटनामा गोली लागेर घाइते भएकी रेविका खत्रीलाई पोर्चुगलबाट प्राप्त सहयोग रकम हस्तान्तरण गरेको छ।
समितिका संयोजक नवराज सुवेदी नेतृत्वको टोलीले बुधबार महाराजगन्जस्थित शिक्षण अस्पताल पुगी आठ लाख उनन्चालीस हजार चार सय रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेका हुन् । हस्तान्तरण कार्यक्रममा निर्देशक समितिका सदस्यहरू डा प्रकाशचन्द्र लोहनी र हरिबहादुर बस्नेतको पनि सहभागिता रहेको थियो ।
रमेशराज बास्तोलाको संयोजनमा लिजवन पोर्चुगलबाट उपलब्ध सहयोग उनीहरुले हस्तान्तरण गरेका हुन् । टोलीमा राप्रपाका प्रवक्ता सगुन सुन्दर लावती, जनआन्दोलन परिचालन समितिका प्रवक्ता स्वागत नेपाल, राप्रपाका केन्द्रीय सदस्य धनसुर शाही पनि उपस्थित थिए । शिक्षण अस्पतालमा खत्रीको उपचार जारी छ ।
