Comments Add Comment

अमेरिकाबाट डिर्पोट ३७ नेपालीलाई सोधपुछ

काठमाडौं । अमेरिकाबाट डिपोर्ट भएका ३७ नेपालीलाई सोधपुछपछि घर पठाइएको छ। ओम्नी एयरको चार्टर्ड उडानमार्फत् हिजो नेपाल पठाइएका अमेरिकामा अवैधानिक रुपमा बसोबास गरिरहेका ५ महिला र ३२ पुरुषलाई घर पठाईएको हो ।  

विमानमा भारत र बंगलादेशका नागरिक पनि थिए। उनीहरुलाई आप्mनो देश छोड्दै ३७ नेपाली छाोड्न विमान नेपाल आईपुगेको थियो ।
प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान ब्युरोले डिपोर्टमा परेका उनीहरुलाई सामान्य सोधपुछपछि गन्तब्यतर्फ जान दिएको हो । ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले उनीहरु अमेरिका पुुग्नुको कारण र संगठित मानव तस्करीको भूमिकाबारे नेपाल प्रहरीले चासो राखेको बताएका छन्। 

कुनै जाहेरी प्राप्त भए अमेरिका पु¥याउने गिरोहबाट अनुसन्धान हुने कुँवरले बताए।  यसअघि अमेरिकाले डिपोर्ट गरेका ९ नेपालीलाई विमानस्थलबाट मानव बेचबिखन अनुसन्धान व्युरोले आफ्नो कार्यालयमा लगेर सोधपुछ गरेको थियो। तर, उनीहरुले आफूलाई अमेरिका पठाउने व्यक्तिबारे जानकारी दिन अस्वीकार गरेका थिए। 

अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै अमेरिकाले आप्रवासीविरुद्ध कठोर कदम चालेको छ । उनी निर्वाचित भएसँगै १७७ नेपाली अमेरिकाबाट डिपोर्ट भैसकेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ