धनुषा। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा राजावादीहरुले गरेको आन्दोलनको कुनै अर्थ नरहेको बताएका छन्। जनकपुरधामस्थित विमानस्थलमा आज पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै सभापति देउवाले भने,'राजतन्त्र कहिलै आउँदैन, त्यसको पक्षमा आन्दोलन गर्नु बेकार हो।'
वर्तमान गठबन्धनको सरकारले आफ्नो पार्र्टीको सहमतिअनुसार कार्य गरिरहको उल्लेख गर्दै सभापति देउवाले अहिलेको सरकारले ल्याएको बजेटले सबै पक्षलाई समेटेको तथा सन्तुलित भएको बताए। कांग्रेस र एमाले सम्मिलित वर्तमान सरकार आगामी निर्वाचन २०८४ सालसम्म कायम रहने र जथाभावी हल्लाको पछाडि नलाग्न उनले सबैलाई आग्रह गरे ।
