काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कोषाध्यक्षमा भरतराज आचार्यलाई मनोनीत गरेका छन् । महासंघको उद्योग समिति सभापति तथा रोजगारदाता परिषद् सहसभापति तथा स्थायी समिति सदस्य भई काम गरिसकेका आचार्यलाई बुधबार महासंघ अध्यक्ष ढकालले मनोनित गरेका हुन् ।
एक दशकभन्दा बढी समयदेखि महासंघमा योगदान दिएका आचार्य विभिन्न उत्पादनमूलक तथा प्रविधिजन्य औद्योगिक प्रतिष्ठानमा आबद्ध छन् । महासंघ कोषाध्यक्षमा निरक केसीको १८ महिने कार्यकाल सकिएपछि महासंघमा कोषाध्यक्ष पद रिक्त थियो ।
