काठमाण्डौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले प्रतिनिधिसभामा आर्थिक सर्वेक्षण पेस गरेका छन् ।
संसद्मा बजेट प्रस्तुत गर्नुअघि उनले आर्थिक वर्ष २०८१/८२ आर्थिक सर्वेक्षण पेस गरेका हुन् । बिहीबारै दिउँसो ३ बजे उनले बजेट प्रस्तुत गर्ने कार्यक्रम छ ।
यसअघि आर्थिक सर्वेक्षण मंगलबार पेस गर्ने कार्यसूची तय भएपनि विपक्षी दलको अवरोधका कारण संसद्को कारबाही अघि नबढेपछि रोकिएको थियो ।
जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता छ ।
